काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रका विविध पक्षमा द्विपक्षीय सहयोग र अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा राजदूत बासले विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा प्रणालीगत विकासका लागि इजरायल […]