निर्वाचन आयोग नेपालले हालै विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको हो । राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको कांग्रेसको विशेष महाधिवेशनले थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो । विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति थापा नेतृत्वको टोलीले बिहीबार […]