विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रूपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका हुन् ।  प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए […]