जेठका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ । […]