कतिपय सम्झना मनको कन्तुरमै जतनले राख्न मन पर्छ मलाई। एकान्तमा कन्तुर उघारेर ती सम्झनाका पन्नाहरू सुस्तरी पल्टाउन पनि मन पर्छ। नारायणगोपाल दाइसँग बित्न पाएका मेरा ती समयलाई त्यसैले मैले सम्हालेर राखेको थिएँ। सम्झनाको पनि मानिसको झैँ नियति हुन्छ सायद। कुनै विस्मृत हुन्छन्, कुनै सम्झिइन्छन्। कुनै सम्झनामा रहे तापनि सम्झनाकारको शवसँगै बिलाएर जान्छन् र कुनै सार्वजनिक […]