एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । लङ मार्च–४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई–७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ । यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा […]