कञ्चनपुरको पुनर्वास नगरपालिका–१ स्थित श्री रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल–१०, रुपन्देहीको सौजन्यमा जाडो मौसमलाई लक्षित गर्दै एक विशेष समारोहका बीच ट्र्याकसुट वितरण गरिएको हो । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विपन्न विद्यार्थीहरूलाई विभिन्न साइजका १११ थान […]