पूर्व-स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्वाचन क्षेत्र: यस्तो छ काठमाडौं ५ मा चुनावी अंकगणित
आफूलाई पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ ले दिएकोले यसपटक पनि जित्नेमा विश्वसत रहेको महामन्त्री पौडेलले बताउँदै आएका छन् । उनले आफ्नो नेतृत्वमा सुरु भएका आयोजना सम्पन्न गराउनका लागि पनि जनताले आफूलाई मत दिने बताउँदै आएका छन्।