म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु […]