एजेन्सी - बक्सिङ डेमा भएको प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई १–० ले हराएको छ। यो जितसँगै लिभरपुललाई उछिन्दै युनाइटेड तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। प्याट्रिक डोर्गु युनाइटेडको अप्रत्याशित नायक बने।विङ–ब्याक डोर्गुले रेड डेभिल्सका लागि गरेको पहिलो गोल नै रुबेन आमोरिमको टोलीको जितका लागि पर्याप्त भयो। चोटका कारण कप्तान ब्रुनो फर्नान्डेस अनुपस्थित रहेको खेलमा