लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन

बर्खा सुरु हुन लाग्दा पनि लमजुङमा विद्युत् उत्पादन वृद्धि हुन सकेको छैन। हिउँ नपग्लिनु, मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायत खोलामा पर्याप्त पानी नहुँदा गत मङ्सिरदेखि घटेको विद्युत् उत्पादन वृद्धि हुन नसकेको हो।