माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नौ पार्टीबिच आज एकता घोषणा हुँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबिच आज पार्टी एकता घोषणा हुँदैछ। माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताए। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी […]