जुम्लाको गडिगाउँ पुग्यो बिजुली, गाउँले भन्छन्: अब सहर जानै पर्दैन

चुकेनी खोलाबाट उत्पादित झन्डै एक मेगावाट बिजुलीले अब सदरमुकाम खलङ्गा लगायत जिल्लाका लगभग ७ हजार ५ सय घरधुरीमा उज्यालो पुर्‍याएको छ।