यो चुनाव सामान्य होइन, देशको दिशा तय गर्ने निर्णय हो : नारायणकाजी श्रेष्ठ
नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गर्दै 'यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने' बताएका छन् ।