काठमाडौँ। छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ। समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे ओ नेता जी…’ बोलको गीत ‘मुभिज् डिजिटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा अभिनेता विजय बराल र गायक अङ्कितबाबु अधिकारीको स्वर छ। गीतमा सङ्गीत पनि अङ्कितबाबुकै छ। शब्द युवराज काफ्लेले लेखेका हुन्। गीतको भिडियोमा […]