ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए

सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ।