काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजा तस्करी गर्ने प्रयासमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले ४ किलो २८४ ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेज जाँच […]