राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा स्वास्थ्य मन्त्रीको निरीक्षण

करीब १३ रोपनी क्षेत्रमा फैलिएको सो आधुनिक आयुर्वेद केन्द्र सरकारको करिब ४८ करोड रुपैयाँ लागतमा निर्माणाधीन छ। प्रारम्भिक सेवा आंशिक रूपमा सञ्चालनमा रहेका छन्। विश्वस्तरको आयुर्वेद, पञ्चकर्म, योग–ध्यान तथा आरोग्य–पर्यटन सेवा उपलब्ध गराउने क्षमता भएको यो केन्द्रलाई राष्ट्रिय गौरवका अस्पतालका रूपमा विकास गर्ने लक्ष्य मन्त्रालयको रहेको छ।