बेइजिङ- जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीन अहिले सुस्त घरेलु खर्च, अचल सम्पत्ति क्षेत्रको दीर्घ सङ्कट तथा संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापारिक तनावका बीचमा रहेको छ […]