थाई प्रधानमन्त्री सिनावात्राले पाए विश्वासको मत

बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसद्मा विश्वासको मत प्राप्त गरेकी छन् । संसद्मा विपक्षी दलहरूले उनीमाथि उनका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए । दुई दिनसम्म चलेको चर्को बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले सात अनुपस्थितिका साथ एक सय ६२ का विरुद्ध तीन सय १९ मतले विश्वासको पक्षमा मतदान गरेका थिए । […]