नयाँ स्वास्थ्य मन्त्रीबारे 'फेसबुक सर्वेक्षण': १४ सय प्रतिक्रियाका आधारमा यी हुन् टप १०

जेनजी आन्दोलनपछि बनेको शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार प्रक्रियामा छ। आमजनसँग प्रत्यक्ष जोडिएको र असुन्तुष्टि धेरै नै रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको विषयमा छलफल जारी छ। मंगलबार प्रधानमन्त्री कार्कीले डा सन्दुक रुइतलाई भेटेर सहयोगका लागि प्रस्ताव गरिन्। तर, डा रुइतले मन्त्रिमण्डलमै सहभागी भएर काम गर्न अस्वीकार गरेका छन्। डा रुइत स्वास्थ्य खबरले सामाजिक सञ्जाल फेसबुक पेजमा गरेको सर्वेक्षणमा मन्त्रीका लागि आमजनले रुचाएकोमा दोस्रो नम्बरमा छन्।