माओवादी सशस्त्र द्वन्द्वको जगजगी भएको समय थियो त्यो। पश्चिम नेपालका साथै पूर्वी भेगलाई त्यो हदको त्रस्त बनाएको द्वन्द्वकालमै हो, अन्यथा हामी पुर्बियाहरू सितिमिति त्यसरी त्राहिमाम् भएको याद छैन। राजनीतिक, धार्मिक, शैक्षिक र व्यापारिक केन्द्र रहेको जनकपुरमा विभिन्न समयमा अनेक घटना भइरहन्थे, तर तिनले स्थानीयवासीलाई तनाव खासै दिँदैनथे। मानौँ, हामीलाई त्यो माहोलमा बस्ने बानी परिसकेको थियो। […]