राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले गर्‍यो दलहरूसँग छलफल

काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा बिहीबार भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका प्रतिनिधि सहभागी थिए। आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका […]