अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। नेकपा एमालेले सन्धिखर्क ५, वाङ्गलामा आज (आइतबार) आयोजना गरेको छलफल तथा अन्तर्क्रियामा उनले स्रोतसाधनको सीमितताबीच पनि विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “हामी चाहन्छौँ, जनताको आवश्यकता र समस्या […]