हङकङमा कार्गो जहाज समुद्रमा खस्दा दुई जनाको मृत्यु

काठमाडौं ।हङकङ अन्तराष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जना ‘ग्राउन्ड स्टाफ’ को मृत्यु भएको छ । टर्कीको मालबाहक एयरलाइन एयर एटीसीको बोइङ ७४७-४८१ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार, इमिरेट्सको उडान ईके९७८८ का रूपमा आएको उक्त बोइङ स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे हङकङ आइपुगेको थियो । […]