जेनजी आन्दोलनका क्रममा भएको क्षतिले नेपाली व्यवसाय क्षेत्रमै तरंग ल्याएको छ। आन्दोलनपछि व्यावसायिक संरचना, भवन र मेसिनरीमा भएको क्षतिले क्रेडिट रेटिङ कम्पनीहरूलाई समेत सतर्क बनाएको छ। यही पृष्ठभूमिमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २१ कम्पनी र इक्रा नेपालले १३ कम्पनीको क्रेडिट रेटिङलाई निगरानी सूची (वाच लिस्ट) मा राखेका छन्। इन्फोमेरिक्सले ४ बीमा कम्पनी, १३ हस्पिटालिटी उद्योग, […]