काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ । चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका सबै […]