मुस्ताङ। ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ। नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चारजना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली आज (शनिबार) मुस्ताङ आइपुगेको हो। भारतीय राजदूतावासअन्तर्गत भारतस्थित असमको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले […]