मनाङको पदयात्रा एकसाताका लागि रोकियो

पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भीषण हिमपातले पदयात्रामा रहेका विदेशी र स्वदेशी पाहुनाको पदयात्रा नै बिथोलिएको छ। हिमपातका कारण पदयात्रा पुरा हुन नसक्दा पदयात्रीहरु गन्तव्यमै पुग्न नपाई फर्केका छन। स्थानीय प्रशासनले अझै एकसातासम्म पदयात्रामा नजान पदयात्रीलाई अनुरोध समेत गरेका छन्।