चिनियाँ राष्ट्रपति सीको अध्यक्षतामा गैरदलीय सदस्यहरूसँग राष्ट्रिय विकास गोष्ठी

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले १५ औँ पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा राय र सुझाव लिन चोङनानहाईमा गैरदलीय सदस्यहरूका लागि गोष्ठी आयोजना गरेको छ। चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले अध्यक्षता गरेको कार्यक्रममा विभिन्न लोकतान्त्रिक दलका केन्द्रीय समितिका नेताहरू, अखिल चीन उद्योग तथा वाणिज्य महासंघका प्रतिनिधिहरू र गैरदलीय सदस्यहरू सहभागी थिए। महासचिव सी […]