कञ्चनपुरमा बस पल्टियो, ४२ वर्षीय बोहोराको गुम्यो ज्यान

कञ्चनपुर। काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना.७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका २, वाणीस्थित पूर्व-पश्चिम राजमार्गमा आज (शनिबार) दुर्घटना हुँदा कृष्णपुर नगरपालिका १, बन्डका ४२ वर्षीय बलबहादुर बोहोराको मृत्यु भएको हो। दुर्घटनामा घाइते बोहोराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। बसमा पाँचजना […]