‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत ५५ किलोमिटर ‘पिच’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे भएको छ। तीन वर्ष नियमित चल्ने कार्यक्रमको लागत दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो। पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। वडाबाट प्राप्त […]