ट्रायल फेल भएकालाई पास बनाइदिने भन्दै रकम असुल्ने १४ बिचौलिया पक्राउ

काठमाडौँ। प्रहरीले यातायात कार्यालय काठमाडौँको गुर्जुधारा‚ भक्तपुरको राधेराधेमा रहेको ट्रायल सेन्टरलगायत स्थानमा बिचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढीका ६१ वर्षीय झमकलाल श्रेष्ठ, बनेपाका ३३ वर्षीय अनिमेष अवा, दोलखाका ३३ वर्षीय वासु खड्का, कमल गाउँपालिका झापाका ४७ वर्षीय भीमबहादुर नेम्वाङ, काठमाडौँ गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी […]