एनपीएलले फस्टायो व्यापार (भिडियाे रिर्पाेट)

काठमाडौं ।नेपाल प्रिमियर लिगले नेपालका क्रिकेट खेलाडीसँगै साना व्यवसायीहरुको दैनिकीलाई पनि चलायमान बनाएको छ । एकातिर यो लिगले राष्ट्रिय क्रिकेटको स्तरलाई उचाइमा पुर्‍याउने काम गरेको छ भने अर्कोतिर साना व्यवसायीहरुलाई पनि नयाँ अवसर प्रदान गरेको छ । क्रिवि त्रिकेट मैदानमा यतिबेला विभिन्न व्यापार, व्यवसाय सञ्चालनमा छन् । जसले, ग्राहकहरुलाई आकर्षित गरिरहेको छ ।