विश्वकप छनोटको उपाधि नेपालको पोल्टामा : खेलाडीले जनही साढे १९ लाख रुपैयाँ पाउने

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर उपाधि चुमेको हो। नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन […]