न कार्यालय, न खेलाडी, न त खेल खेल्ने रिङ। यो अवस्था हो, नेपाल आइस हकी संघको। अस्तित्वमा आएको १२ वर्ष पुग्न लागिसकेको संघले आफ्नो अस्तित्व देखाउनै सकेको छैन। संघको आयोजनामा आजसम्म एकपटक पनि बरफको रिङमा बल हानेको रेकर्ड भेटिँदैन। खेलाडी शून्य भए पनि संघमा अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी भने पूरापूर छन्। यी पदाधिकारीले बर्सेनि नयाँ […]