डीएसपी धर्मराज भण्डारी बने उत्कृष्ट अनुसन्धान अधिकृत, गृहमन्त्रीद्वारा पुरस्कृत

काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यो वर्षको उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले भण्डारीलाई ७०औं प्रहरी दिवसका अवसरमा शुक्रबार पुरस्कृत गरेको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा भण्डारीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पुरस्कृत गरेका थिए। भण्डारी केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् छन्। उनी ब्युरोको जघन्य, संगठित अपराध अनुसन्धान शाखाका प्रमुख हुन्। […]