चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१-२३७४ नम्बरको कन्टेनर ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका- ८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका […]