सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलाले जिम्मेवारी पाएका छन्। अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।