काठमाडौँ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ। खेलको २६औँ मिनेटमा जोआओ पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित पक्का गरे। यस जितसँगै चेल्सी लिग तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड भने सातौँ स्थानमा झरेको छ।