कोलकाताको रंगशालामा मेसी १० मिनेट बस्न सकेनन्, एक झलक हेर्न नपाएका दर्शकको तोडफोड र उपद्रो, मुख्यमन्त्रीले मागिन् माफी

नयाँदिल्ली- फुटबल लिजेन्ड लियोनेल मेसीको कोलकाता भ्रमण गम्भीर अव्यवस्थामा परिणत भयो। निराश समर्थकहरूले साल्ट लेक रंगशालामा बोतल हानेका छन् । गेट तोड्ने प्रयास भएको छ। ब्यानर रकुर्सी तोडफोड गरेका छन् । बहुप्रतिक्षित गट टुर हंगामाका कारण छोट्याउनुपरेको छ। धेरै समर्थकले मेसीलाई एक झलकसमेत देख्न पाएनन्, जसले निराशा र सुरक्षा चिन्ता बढाएको हो। रंगशालाको स्ट्यान्डबाट बोतल […]