गएको बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा देशकै जेठो त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह थियो। बर्सेनि लाखौँ विद्यार्थीलाई कक्षाबाट कार्यकक्षतर्फ पठाउने गरी शिक्षित र दीक्षित गराउने विश्वविद्यालयको दीक्षान्त समारोहमा म पनि पुगेको थिएँ। समारोहमा आफ्ना अभिभावक र शुभेच्छुकहरूसँग आएका विद्यार्थीहरूको दीक्षित हुन पाउँदाको खुसी बयान गरिसाध्य थिएन। सपनाको एउटा खुड्किलो पार गर्दाको खुसीलाई बयान गर्नु पनि कसरी! […]