झापा। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका ६, तेडियाडाँगीकी २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घरभित्र खाद्य भण्डारमा सामान निकाल्ने क्रममा शुक्रबार राति साढे ८ बजे गोमन सर्पले उनको दायाँ खुट्टामा डसेको थियो। त्यसपछि उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा […]