काठमाडौँ। छातीमा समस्या देखिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको छ। रुघाखोकी र ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको छातीमा समस्या देखिएको छ।