काठमाडौं। जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन्। भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो। यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० किलोमिटर गहिराइमा रहेको […]