काठमाडौँको एक क्याम्पसमा कार्यरत पोषण निरौला हरेक वर्ष दसैँमा घर (बिर्तामोड) जाँदा हवाई मार्ग नै रोज्थे। उनी भद्रपुरसम्म जहाजमा यात्रा गर्थे। तर, यसपटक उनले जहाजको टिकट काट्ने आँट गर्नै सकेनन्। यसको कारण हो, वायुसेवा कम्पनीहरूले अचाक्ली बढाएको भाडा। यसपालि बसबाट घर जाने उनको तयारी छ। काठमाडौँबाट भद्रपुर जान अरू बेलाको एकतर्फी हवाई भाडा सरदर ६ […]