कसले सोच्न सक्थ्यो र जति जोडले हुरी चल्छ, त्यसले स्वर्ग (सुखद सम्भावना)लाई त्यति नै पछाडि छोडिसकेको हुन्छ। सन् १९७८-७९ मा हिन्दचीन (कम्बोडिया-भियतनाम) युद्ध र यसको परिणाम अवलोकनपछि बेनेडिक्ट एन्डरसनले आफ्नो पुस्तक इम्याजिन्ड कम्युनिटिज् (दोस्रो संस्करण)को प्राक्कथनमा यो कुरो उल्लेख गरेका थिए । यो भनाइलाई मैले विगतमा कैयौँपटक उद्धृत गरेको छु र यसपटक पनि गर्दै छु। […]