जेनजी' आन्दोलनका घाइतेको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने र विज्ञ तोक्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो।