काराकास। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब पाँच हजार म्यान–पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताएका छन्। उनकाअनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ गर्न यी क्षेप्यास्त्रहरू ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानहरूमा’ तैनाथ गरिएको हो। उक्त मिसाइल प्रणालीलाई रुसमा […]