७ महिनामा ४० अर्ब २८ करोड बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागले चालु आर्थिक वर्षकाे साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिवद्धता आएको हो । सबै भन्दा बढी साना उद्योगमा लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ […]